बुद्ध नेपालमा जन्मेका हुन् , यो कुरामा कसैको पनि दुईमत छैन होला , तर , यही भगवान् बुद्ध जन्मिएका यस पावन नेपाली धर्तीमा भ्रस्टाचार जस्तो गनाउने नालीमा डुबेका भ्रस्टचारी नेताहरु देशलाई बनाउने भनेर दिनदिनै चर्को भासण गर्छन् तर देशको विकास र जनताको आवस्यकताको रुपमा दिनप्रतिदिन बढीभन्दा बढी चर्चा पाएको "संविधान" चाहिँ बनाउन झर्को मानिरहेका छन्। म यही नेपालको राजधानी काठमाडौँमा बसेर हाल स्वयम्भूमा रहेको " दी एक्सेल्सियर स्कुल "को कक्षा १० मा पढिरहेको शिशिर थपलिया हुँ तर देशको अवस्था देखेर मलाई आजभोली पढ्नमा भन्दा पनि आउन ५ दिन बाँकी रहेको " माघ ८ "को बारेमा अलि बढी चासो लाग्न थालेको छ। बिद्यार्थीको कर्तव्य अनुसार मेरो ध्यान पढाईमा हुनुपर्थ्यो तर देशको खस्किदो राजनीतिक अवस्था देखेर देश प्रति दया लाग्न थालेको छ। हरेकपल समाचार हेर्न र सुन्न मन लाग्छ , कता बन्द रे, कता तोडफोड रे, कता विरोध आन्दोलन रे, कता अरु क रे, यस्तो वातावरणमा पढ्न त के, बाच्न पनि मन लाग्दैन। विभिन्न ठाउँका उद्योग संगठनहरुले बन्दको कार्यक्रमको विरोध गर्ने कुरा मलाई मन पर्यो। देशलाई जातजातिका आधारमा टुक्राउनूलाई मा उचित कुरा मान्दिन , यो कुरा त धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीलाई पनि राम्रो लाग्दैन होला। " पछि गएर देश जातिय युद्धमा होमियो भने कसले जिम्मा लिन्छ ? यस्तो समयमा त आजका भनौदा नेताहरु सब लुकेर बस्छन् , गरीब , निर्दोष र निमुखा जनताको त्यस्तो समयमा कसले रक्षा गर्छ ? " त्यसैले देशलाई जातीय आधारमा टुक्राउनु मलाई राम्रो लाग्दैन। सत्तापक्षी र विरोधी दलहरुलाई मा के आग्रह गर्छु भने , बन्द , हड्ताल जस्ता कुराले देशको उन्नति हुदैन , दुर्गति हुन्छ। माननीय सभासद्ज्यूहरुलाई पनि म छिटै संविधान बनाउन आग्रह गर्दछु। देशमा रहेको राजनीतिक अस्थिरता , भ्रस्टाचार , आदि सारा नराम्रा कुराहरुलाई सबैजना मिलेर हटाऔँ भन्दै मा मेरो कलम बन्द गर्छु।
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment